बागमती प्रदेशमा कोरोना संक्रमित ३ सय ८७ पुग्यो
गुगलपाटी संवाददाताबागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या ३ सय ८७ जना पुगेकोछ । शनिबार थप २० जनामा संक्रमण पुष्टि भएसँगै बागमतीमा संक्रमितको संख्या ३ सय ८७ जना पुगेको प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, शनिबार काठमाडौंमा ४ जना, भक्तपुरमा १ जना, रसुवामा ९ जना, धादिङमा ३ जना, चितवनमा २ जना र मकवानपुरमा १ जना गरी २० जना संक्रमि थपिएको हो ।
थपिएका संक्रमितहरु काठमाडौंका एक महिला र तीन पुरुष, भक्तपुरका एक पुरुष, रसुवाका ८ महिला र एक पुरुष, चितवनका २ पुरुष र मकवानपुरका एक पुरुष रहेका छन् ।
कोरोना संक्रमितमध्ये १ सय ८ जना निको भई डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ । बाँकी संक्रमितको भने प्रदेशका विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता (कोभिड–१९) पुरुषोत्तम राज सेढाइले जानकारी दिए ।
त्यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ जना पुगेको । जसमा २८ जनाको दुःखद् निधन भएको छ ।