काठमाण्डौ उपत्यकामा भित्रियो सलह
गुगलपाटी संवाददाताशनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् ।
मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत स्थानमा देखिएको हो । तर, मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले नआत्तिन विज्ञहरूले किसानहरूलाई सुझाएका छन् ।
दक्षिणबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहको प्रवेश
नार्कका कीटविज्ञ सुदीप उपाध्याय सलह दिउँसो बढी सक्रिय हुने भएकाले जाली थापेर तिनको प्रभाव कम गर्न सकिने बताउँछन् । ‘राति निष्क्रिय भई एकै ठाउँमा जम्मा भएर बस्ने भएकाले रासायनिक विषादी प्रयोग गरेर तिनलाई नियन्त्रण गर्न सकिन्छ,’ उनले भने ।
हावाको बहावसँगै पहाड चढ्दै सलह
नेपालमा सलहले पार्न सक्ने प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक बसेको थियो । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतमा बसेको बैठक सकिए पनि प्रदेश सरकार, किसानलाई के सूचना दिने र कसरी व्यवस्थापन गर्ने सन्दर्भमा प्राविधिक टोलीको बैठक जारी छ ।
स्रोतः कान्तिपुर