सुस्मिताको न्यायका लागि दबाब

गुगलपाटी संवाददाता
१५ असार २०७७ ०७:२७

कुमारी स्याङ्बो
हेटौंडाः गत असार २ गते ज्यान गुमाएकी हेटौँडा ४ स्थित घरैमा मृत्यु अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्या भएको भन्दै न्यायका दबाब जारी राखिएको छ ।
घर र कपिलवस्तु माइतीघर भएकी सुष्मिता थापाको दुखद खबरले देश नै चिन्तित रहेको छ । आफनै घरमा मृत अवस्थामा शव फेला परेको घटनाको सत्यतथ्य छानबिन गर्नु पर्ने माग सहित माईती पक्ष र आफन्तहरु शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर आएका छन् ।
न्याय माग्न भन्दै मकवानपुर आएका आमा लक्ष्मी क्षेत्री सहितका टोलीका परिवारले नै हत्या गरेको भनाई छ । सवारी दुर्घटनामा श्रीमान गुमाएर एकल महिलाका रुपमा रहेकी छोरी सुष्माको हत्या भएको र हत्यारालाई कारबाही हुनु पर्ने माग सहित आइएको सुस्मिताकी आमा लक्ष्मीले बताइन् ।
उनले भनिन् सम्पति मागेको भए म दिने थिँए । दानवहरुले निर्दोष छोरीको हत्या नै गरे । श्रीमानले जीवन विमा गरिदिएको रकमकै लागि परिवारले नै हत्या गरेको सुस्मिताकी आमाले बताइन् । त्यस्तै सुस्मिताकी आमाले हेटौंडाका महिलाहरु माथि प्रशंसा पनि गरेका छन् । छोरीको हत्यापछि आफुलाई लाग्थ्यौ कस्तो असुव ठाउँमा छोरी दिएछु भनेर वास्तवमा हेटौंडाका मान्छे राम्रो रहेको बताइन् । उनले भनिन् मेरो छोरी दिने घर धनको लोभ गर्ने खालको परिवार रहेछ । हत्यारालाई फाँसीको सजाय होस भन्ने उनले भनिन् । हेटौंडाका छोरी चेलीहरुले सुस्मिताको न्यायको लागि अगाडी बढेको देख्दा आफुलाई खुशी लागेको बताइन् ।
बिहानकोे समयमा आफ्नै घरको भान्सा कोठामा टाउकोमा चोटैचोट लागेर मृत अवस्थामा फेला पर्नु घटना रहस्यमय भएकाले दोषीलाई कडा भन्दा कडा तत्काल कानुनी कारबाही हुनु पर्ने टोलीको माग छ ।
सुष्मिताको हत्या भएको र हत्यारालाई कारवाही हुनुपर्ने भनि मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले अनुसन्धानमा कुनै कमजोरी नहुने बताए । सुस्मिताको मृत्यु पछि प्रहरीले २ जनालाई पक्राउ गरीएको छ । ज्यान सम्बन्धी कसुर मुद्दामा जेठ ४ गते मृतकको ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्र्षीय सिता थापालाइ पक्राउ गरीएको हो । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रवक्ता रानाले बताए ।
उनले अनुसन्धानका लागि २ जनालाई पक्राउ गरेर घटनाको रहस्य छिट्टै पत्ता लगाईने विश्वास दिलाए । दोषी पत्ता लगाउन काम कारवाहीका लागि प्रहरीको कुनै कमजोरी नहुने उनको भनाई छ । घटनामा सँलग्न हुने घटना घटाउँनेलाई कानुनले तोके अनुसार कारवाही गरिने र दोषी कुनै हालतमा नउम्कने प्रहरी प्रवक्त रानाले उल्लेख गरे ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलले कानुनमा विभेद हटाउनुपर्छ भन्ने कुरामा जोड दिएका छन् । सिग्देलले कानुनमा विभेद हटाउनुपर्छ भनिएको भएता पनि व्यवहारमा लागु नभएको बताए । हेटौंडा ४ कर्रामा भएको सुस्मिता थापाको हत्या प्रकरणलाई जोड्दै हत्यारालाई कानुन अनुसार कारबाही हुनुपर्छ भन्ने कुरामा उनले जोड दिएका थिए । अपराध अपराध नै हो यसलाई राजनैतिककरण गर्न नहुने कुरामा पनि उनले आफनो भनाई राखेका थिए ।
मेची महाकाली बुहारी संयुक्त आवाज, मकवानपुरले हेटौंडा बुद्धचोकमा सुस्मिता थापाको आत्माको चिरशान्तिको कामना सहित शान्तिपुर्ण प्रदर्शन तथा प्रज्वलन कार्यक्रम शनिबार सपन्न भएको छ । हेटौंडाका सबै छोरी चेली सहितको टोलीको सहभागि भइ दिप प्रज्वलन गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथी कपिलबस्तु उद्दयोग वाणिज्य सँघका अध्यक्ष उमानाथ पौडेलले रहस्यमय मृत्य हुनु हत्याको सँकेत भएको र अकालमा ज्यान गुमाएकी सुस्मिताको हत्याको कारण र दोषी उपर कार्वाही हुनुपर्ने माग गरेको छ । मकवानपुरमा आफ्नो चेली गुमाउँदा निक्कै पिडा परेर न्याय पाइन्छ या पाइदैन भन्दै हेटौँडा आईपुग्दा मकवानपुरे बुहारीको लागी न्याय माग्न उठेको आवाजका कारण सहन गर्न केही सहज भएको बताए ।
यसरी कपिलबस्तकी चेलीे थापाको मृत अवस्थामा शव फेला पर्नुको कारण सुनियोजित तरीकाले हत्या गरिएको कुरामा कुनै दुईमत नभएको र प्रहरीले सही अनुसन्धान गरेर हत्यारालाई कार्वाही हुने विश्वास रहेको पौडेलको भनाई छ ।