मकवानपुरका एक पुरुषमा कोरोना संक्रमण
गुगलपाटी संवाददातामकवानपुरको थाहा नगरपालिकामा कार्यरत एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौडाको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको क्रममा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । भारत घर भइ हाल मकवानपुरमा काम गर्दै आएका २१ बर्षिय पुरुषमा संक्रमण देखिएको कर्राको आइसोलेसनका इन्चार्ज तथा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । आज बिहान मात्र उहाको कोभिड १९ को संक्रमण पुस्टि भएको हो ।
भारतको उत्तर प्रदेश घर भई मकवानपुर जिल्लाको थाहा नगरपालिकाको शितभण्डार निर्माण गर्ने दक्ष कामदारका रुपमा बिशेष तालिम प्राप्त कालिगढ़का रुपमा संघीय सरकारको गृह मन्त्रालयको समन्यवमा कामका लागि आउनुभएको थियो ।
संक्रमित पुरुष संगै अरु कामदार समेत नेपाली निर्माण ब्यबसायी मार्फत असार १३ गते राति भारतको रक्सौल नाकाबाट नेपाल प्रवेश गरेका थिए । कुल ८ जना भारतीय कामदारका साथ आएका उनमा मात्र संक्रमण पुस्टि भएको हो चौलागाईले वताउनुभयो । यस आईसोलेसन वार्डमा नरहेको भएता पनि निजको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँलाई यस आईसोलेसन वार्डमा ल्याउने तयारी हुँदैछ ।
नेपालको यात्रा भने एक बलेरो गाडीमा अलगै आएको र भारतबाट पनि लामो समय क्वारेन्टाइन बसेर सुरक्षित रुपमा कारमा यात्रा गरेको उनलाई नेपाल भित्राउने नेपाली निर्माण ब्यबसायीले वताएका छन् । उहाँका साथमा आउने अन्य सात जनालाई कहाँ क्वारेन्टाइन गरि राख्ने भन्ने बिषयमा छलफल हुँदै गरेको छ । उहाँको साथ आउने सबैमा भने नेगेटिभ आएको छ । आजका संक्रमितसंगै आईसोलेसन वार्डमा ११ जना संक्रमितको संख्या पुगेको छ ।
उनको संक्रमण पुस्टि मकवानपुरमा भएता पनि जिल्लाबासीको रुपमा गणना नगर्दा हालसम्म मकवानपुरका १९ जना मात्र संक्रमित संख्या कायम रहेको छ । अहिले ३ जना महिला १४ दिन देखि पाटन अस्पतालमा र ४ जना यस वार्डमा आईसोलेट गरि राखिएको छ । अन्य १२ जना भने यस अघि नै नेगेटिभ रिपोर्ट आई डिस्चार्ज भई सकेका छन् ।