बागमती प्रदेश सभा अवरुद्ध

गुगलपाटी संवाददाता
१५ असार २०७७ १०:१३

हेटौंडा : बागमती प्रदेश सभामा अवरुद्ध भएको छ । सरकारले बजेट ल्याउने विषयमा एकलौटी र हावादारी ल्याएको तथा कोरोना उपचार कोषमा रहेको रकम खर्चको सार्वजनिक नगरे सम्म संसद अवरुद्ध हुने भने सँगै बागमती प्रदेश सभा अवरुद्ध भएको हो ।

बागमती प्रदेश सभाको बैठकमा दिउँसो ३ बजे आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले विनियोजित वजेट माथि विचार गरियो भन्ने प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको थियो तर नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बहादुर वानियाँले सरकारले बजेट बनाउने विषयमा संसदबाट गल्ति भो भन्दै माफि मागेर बजेट सच्याउन र खर्चको विवरण सार्वजनिक गर्न माग गरेका थिए ।

सभामुख सानुकुमार श्रेष्ठले बारम्बार बस्न आग्रह गरेता पनि नेपाली कांग्रेसका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेपछि ३० मिनेटको लागि संसद स्थगित भएको छ । विनियोजन वजेट र आर्थिक विषयहरुमा आइतबार प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । सो बैठकले विनियोजित वजेट सभामा छलफलको लागि पेश गर्ने निर्णय गरेको थियो । प्रदेश सभा बैठकमा भोलि मंगलबारदेखि विनियोजित वजेट माथि छलफल हुने बताइएको छ ।