मकवानपुरका धिताल परिवार सवारी दुर्घटनामा छोराको पनि मृत्यु

गुगलपाटी संवाददाता
१६ असार २०७७ ०७:१५

गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवार गाडी दुर्घटनामा आज बिहान १७ वर्षिय अनुज धितालको पनि मृत्यु भएको छ । चितवनको सीएमसी मेडिकल कलेजमा उपचारका क्रममा कृष्ण धितालका छोराको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामाले जानकारी दिनुभयो ।

हिजो देखिनै बेहोस अवस्थामा उपचार गराइरहनु भएका अनुजको आज बिहान साढे चार बजे मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । अहिले धिताल सहित दुर्घटनामा घाइते भएका तीनै जनालाई भरतपुरमा आइसीयुमा राखेर उपचार भइरहेको छ । कृष्ण धिताल र उहाँकी छोरी भने खतरामुत्त रहेको डीआइजी लामाले जानकारी दिनुभयो । काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको स्कारपीयो दुर्घटना हुँदा कृष्ण धितालकी श्रीमती प्रभा गौतम ९धिताल० को हिजोनै मृत्यु भएको थियो । उहाँलाई दुर्घटनापछी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपीयोलाई चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिदा गौतमको मृत्यु भएको हो। बाटोमा ल्याउँदै गर्दा गौतमको मृत्यु भएको प्रहीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ सत्रकिलो जुगेडी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिएको उहाँले वताउनुभयो ।

आज सांझ साढे पाँच बजेको समयमा सवारी दुर्घटना भएको हो । काठमाण्डौबाट परिवार सहित हेटौंडा फर्कनेक्रममा पुर्ब पस्चिम राजमार्ग अन्तरगत चितवनको सत्रकिलो भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा पर्नुभएका कृष्ण धिताल र उहाँकी छोरी सामान्य अवस्थामा चितवन अस्पतालमा उपचार भइरहेको छ भने चालक र धितालका छोरा गम्भिर घाइते रहेको डिआइजी लामाले वताउनुभयो । दुर्घटनामा धितालका छोरा अनुज धिताल तथा चालक राजन घिमिरे गम्भिर घाईते भएका छन भने उनको छोरी वर्षा धिताल पनि घाईते भएकि छिन् । उनीहरुको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।