हेटौंडाका तरकारी व्यवसायीहरु मर्कामा
गुगलपाटी संवाददाताहेटौंडाः कोरोना भाइरस कोभिड १९ को कारण पुर्ण रुपमा तरकारी व्यापारीहरु मर्कामा परेका छन् । हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, हरियो फर्र्सी, बोडी, करेला, भिन्डी, बन्दा, मुला, सस्तो भएको छ । आज काउली र प्याचको मुल्य रु ६० रहेको छ । हिजो प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको काउली आज बढेर ६० रुपैयाँमा कारोबार भएको छ भने गोलभेडा पनि ६० रुपैयामा नै कारोबार भइरहेको छ ।
लकडाउनका कारण होटल, रेष्टुरेन्ट बन्द हुँदा तरकारीको खपत कम भएसँगै बजार मुल्यमा कमि आएको व्यवसायी राम कुमार पुकारले बताए । काउली प्रतिकेजी ६० रुपैयामा कारोबार भइरहेको छ । पालुङबाट आउने आलु ५५ रुपैया र भारतबाट आउने आलु ४५ मा कारोबार भइरहेको व्यवसायहरुको भनाई छ । लकडाउन भन्दा पहिलाको तुलनामा अहिले व्यापारमा धेरै फरक आएको छ । लकडाउन हुनुभन्दा पहिला दैनिक २० हजार देखि २५ हजारको तरकारी बिक्री हुने गर्छ भने अहिले ६÷७ हजार व्यापार हुन पनि मुस्किल रहेको व्यापारी पुकारले बताए । बजारमा बढी तरकारी आयत भएता पनि र निर्यात भने कम हुने गरेको छ ।
हिजो प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको बोडी आज ४० रुपैयाँमा कारोबार भएको छ । यस्तै करेला ६० रुपैयाँबाट ५५ रुपैयाँमा कारोबार भएको छ भने भिन्डी ४० रुपैयाँबाट घटेर २५ रुपैयाँमा विक्री भएको छ । हिजो बजारमा मटरकोसा आएकै थिएन भने आज पनि कम आएको र प्रतिकेजी ५५ रुपैयाँमा कारोबार भएको छ ।
बन्दा प्रतिकेजी २० रुपैयाँमा कारोबार भएको छ । रायोको साग प्रतिमुठा हिजो ४० रुपैयाँमा कारोबार भएको थियो भने आज ३० रुपैयाँमा कारोबार भएको छ । प्याच पहिला ७० रुपैयामा कारोबार गथ्र्यौ भने अहिले ४० रुपैयामा कारोबार भएको छ ।
थोक तरकारी बजारमा अहिले पालुङबाट धेरै मात्रमा आलु आइरहेको व्यापारी पुकारले बताए । तरकारी दैनिक आइरहेता पनि तरकारी बिक्री नभएर व्यापारीहरु मर्कामा परेका छन् । तरकारी पसल खोलेता पनि मान्छेको आवाजजात नभएपछि तरकारी बिक्री हुन गाहे भएको छ ।
कोरोना भाइरसको कारण चैत्र ११ गतेबाट देशमा लकडाउन भएका हुन् । बजार बन्दा गरे पनि तरकारी पसलहरु भने केही समयसम्म निरन्तर खोलि रहेका थिए । सरकारले केही समय खुल्ला ग¥यो र पछि तरकारी पसलहरु बन्दा गर्न कडाई गरेका हुन् ।