नेपालमा कोरोना संक्रमित १४ हजार नाघ्‍यो

गुगलपाटी संवाददाता
१७ असार २०७७ ११:३७

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्‍वर गौतमले बुधबार थप ४ सय ८२ जनामा कोरोना संक्रमण देखिएको जनाए । उनले नयाँ ४ सय ८२ सहित संक्रमितको संख्या १४ हजार ४६ पुगेको बताए ।

बुधबार थपिएका संक्रमितहरुमध्ये ११७ जना महिला र ३६५ जना पुरुष छन् ।

नयाँ संक्रमितको प्रदेशगत विवरण

प्रदेश १ ( २८
प्रदेश २ ( ६२

वाग्मती ( ३०

गण्डकी ( ४१

प्रदेश ५ ( ३६

कर्णाली ( ४२

तपाईको प्रतिक्रिया