हेटौंडा ४ का टोल विकास संस्थाले सुस्मिताको न्यायको लागि ज्ञापनपत्र बुझाए
गुगलपाटी संवाददाताहेटौडा उपमहानगरपालिका वडा नं. ४ कर्रा सुर्य चोकमा असार २ गते सुस्मिता के.सी. थापाको हत्या भएको छ । हेटौंडा ४ का टोल विकास संस्थाहरुको सामूहिक भेलाले मकवानपुर जिल्ला प्रहरी कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ ।
सुस्मिताको मृत्यु भएको सुचना प्राप्त भएपछि प्रहरीले तत्काल घटना स्थलको सुक्ष्म निरीक्षण गरी घटना स्थलमा प्राप्त तथ्य प्रमाणहरुबाट आत्महत्या नभई सुनियोजित हत्याको आशंकामा मृतकका ससुरा प्रकाश थापा र कान्छि नन्द सिता थापालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ । निजको सासु तुलसा थापा र जेठि नन्द दुर्गा थापा कार्कीको समेत संलग्नता देखिएकोले निजहरुलाई समेत नियन्त्रणमा लिएको छ । अभियुक्तहरुलाई आजिवन काराबास दण्ड सजाय दिन संस्थाले माग गरेको छ ।
विधुवा बुहारी माथी ससुरा प्रकास थापाबाट जबरजस्ति करणीको प्रयास समेत भएको छ । मृतक सुस्मिताकी पति रुपेन्द्र थापाको करिब छ महिना अगाडि सवारी दुर्घटनामा परि मृत्यु भएको हो । निजको काम गरेको कार्यालयबाट तलब बोनस र अन्य सुविधा बापत पाउने रकम जीवन विमा बापत प्राप्त हुने रकम र सामाजिक सुरक्षा कोषबाट समेत प्राप्त हुने रकम बैधानिक हकवाला मृतकका पत्नि सुस्मिता के.सी. थापाले पाउने हुँदा निजको अधिकार बेदखल गरी सो रकम एकलौटि रुपमा प्रयोग गर्नको लागी षड्यन्त्रकारी योजना बुनी निज सुस्मिता के.सी. थापालाई पुरै परिवार मिली मानसिक यातना दिएको हो ।
घटनाको दोषि कोहि नछुटुन निर्दोष व्यक्ति कोहि नफसुन भन्ने मान्यताका साथ अनुसन्धान गरिरहेको नेपाल प्रहरीले अनुसन्धानको क्रममा प्रत्यक्ष संलग्न नभए पनि षड्यन्त्रकारी योजना बनाई कार्यान्वयन गर्न मुख्य भुमिका निर्वाह गर्ने मुख्य योजनाकार दुर्गा थापा कार्कि र अन्य व्यक्तिलाई समेत आवश्यक अनुसन्धान गरी अभियुक्तहरुलाई हदैसम्मको दण्ड सजाय होस भनी माग गरेका छन् ।