कालो हिराको कारोबार
गुगलपाटी संवाददाता काठमाडौंकाठमाडौंको लैनचौर इलाकामा कालो हिराको कारोबार हुने गरेको खुलेको छ ।
महानगरीय प्रहरी वृत्त, दरबारमार्गले हिराको कारोबार हुँदै गर्दा लैनचौर क्षेत्रबाट ८ जनालाई पक्राउ गरेसँगै हिराको कारोबार हुने गरेको सार्वजनिक भएको हो ।
वृत्तका डिएसपी दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सुराकीका आधारमा खोजतलास गर्दा लैनचौरका रमेश रजकले दुई वटा कालो हिरा ३ करोड रुपैयाँमा विक्री गर्न बार्गेनिङ गर्दै गर्दा उनीसहित अन्य ८ जना पक्राउ परेका हुन् ।
पक्राउ परेका अन्यको नाम भने खुलाइएको छैन । उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासहित राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।