४५ जनाले गरे रक्तदान

गुगलपाटी संवाददाता
१८ असार २०७७ ०७:२३

हेटौंडामा क्रियाशिल ३ वटा लायन्स र लियो क्लवको सयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथ, लियो क्लव अफ हेटौंडा मुक्तिनाथ र लियो क्लव अफ हेटौंडा मल्टिभिजनको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
हेटौंडाको रक्तसञ्चार केन्द्रको कार्यालयमा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।
कोरोना भाईरस ९कोभिड १९० को कारण रगत अभाव नहोस भन्ने उद्येश्यले बर्ष २०२० र २१ को नया कार्यसमितिको कार्यकालको शुभआरम्भको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष लायन रमेश उप्रेतीले जानकारी दिनुभयो । ३२५ बि २ नेपालको डिष्ट्रिक डेपुटी सेक्रेटरी लायन कृष्णराम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा जोन चेयर पर्शन लायन विकेशलाल श्रेष्ठ, कार्यक्रम संयोजक लायन लिला थापा मगर लगायत विभिन्न लायन्स तथा लियो क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।