बागमती प्रदेशमा ४ सय ५३ जनामा कोरोना पुष्टि
गुगलपाटी संवाददाताबागमती प्रदेशमा थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बुधारबार सबै भन्दा बढी चितवनमा १२ जना, काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जना र सिन्धुलीमा १ गरि कुल ३० जनामा संक्रमित थपिएको बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ । जसमध्ये ११ जना महिला र १९ जना पुरुष रहेका छन् ।
यससंगै बागमती प्रदेशमा हासम्म कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये १ सय ८५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् भने २६३ जना प्रदेशका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । कोरोना कारण यस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चितवनका दुई जना र सिन्धुपाल्चेक, दोलखा ललितपुरमा एकएक जना रहेका छन् ।
बागमती प्रदेशको १३ वटै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । प्रदेशका विभिन्न स्थानमा दुई हजार २१७ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै एक हजार ९ जना होम क्वारेन्टिनमा रहेका छन् भने आइसोलेशनमा २५७ जनालाई राखिएको छ ।
प्रदेशमा ४९ हजार भन्दा बढीको कोरोना परिक्षण
प्रदेशमा हालसम्म ४९ हजार ८३२ जनाको कोरोना भाइरस संक्रमणको परिक्षण गरिएको छ । जसमा पिसिआर प्रविधिबाट १६ हजार ६१५ जना र आरडिटी प्रविधिबाट ३३ हजार २१७ जना गरी कुल ४८ हजार १३२ जनाको कोरोना परिक्षण गरिएको देशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशको राजधनी हेटौंडामा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ७९०२ वटा नमुना गरिएको प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रयोगशालमा बुधबार ३१० जनाको नमुना प्राप्त भएको भएकोमा १७१ जनाको नमुना परिक्षण भएको छ । जसमा रौतहटका ८ जना र सिन्धुलका एक गरि ९ जनाको पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।