बागमती प्रदेशको “विनियोजन विधेयक २०७७” नेकपाको बहुमतले पारित
गुगलपाटी संवाददाताबागमती प्रदेश सभाको आज शुक्रबार बसेको दोस्रो बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कायान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको प्रदेश सभा सचिवालयले तु खबरलाई जानकारी दिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले सो प्रस्तावलाई पारित गरियोस् भनी आज दिउँसो बसेको दास्रो बैठकमा टेबुल गर्नुभएको थियो ।
प्रदेश सभा सदस्यहरु सरेश नेपाल, सीता अधिकारी, सुरन्द्र राज गोर्साइँ, सृजना सैँजु, रमेश पौडेल र छिरीङ दोर्जे लामा, प्रभात तामाङ र पुकार महर्जनले टिप्पणी गर्दै सरकारले पेश्कीको रुपमा खर्च गर्ने विधेयक प्रस्तुत गर्दा कोभिड १९ मा प्रभावित जनताको उपचारमा ध्यान दिनुपर्ने र राजश्व संकलन गर्ने माहौलमा सर्वसाधारण जनतालाई बोध हुने गरी तेहेरो कर उठाउने प्रबृत्तिलाई निरुत्साहित गरी सर्वसाधारणको हितमा आर्थिक विधेयकले सेवा प्रदान गर्न आग्रह गरेका थिए ।
बागमती प्रदेश सरकारले प्रदेश सभाको छैठौँ बजेट अधिवेशन बैठक गत जेठ १२ गतेदेखि संचालन गरी पटक पटक बैठक बसेको थियो । जेठ १३ गते सरकारद्वारा नीति कार्यक्रम र गत असार १ गते आगामी आर्थिक वर्ष ०७७÷७८ को लागि सरकारको बजेट रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको अनुमानित बजेट आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले सार्वजनिक गरेका थिए ।
प्रदेश सभामा सत्तारुढ नेकपाको ८०, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको २२, साझा विवेकशील दलको ३, नेपाल मजदुर किसान पार्टीको २ राप्रपा, राप्रपा संयुक्त गरी २ र एक स्वतन्त्र गरी कूल १ सय १० जना सांसद छन् ।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन् ।