लापरवाहीको कारण दुर्घटना बढ्दै
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः दुर्घटना भएर धेरैको ज्यान गएका घटनालगत्तै केही साता सवारी चेकजाँच कडाई हुन्छ । सवारी, चालक र सडकको अवस्थाबारे सम्बद्ध निकाय चनाखो बन्छ । स्थिति सामान्य हुँदै गएपछि सडकमा लापरबाही पुरानै अवस्थामा आउने भएकाले हेटौंडामा वर्षेनी सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढेको हो ।
दुर्घटनामा प्रमुख कारण सवारीसाधनको चाप र चालकको लापरबाही रहने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । चालक र पैदल यात्रुहरुको लापरबाही सजक नहुँदा पनि दुर्घटना न्युनिकरण हुन नसकेको हो । कतिपय घटनामा चालकको लापरबाही पनि भेटिन्छ, कतिपयमा सडक र सवारीको अवस्थाले पनि भएका छन् ।
तीव्र गति, पैदलयात्रुको लापरबाही, यान्त्रिक गडबढी, सडकको अवस्था, मौसम र चौपाया पनि दुर्घटनाका कारण हुने गरेकोे जिल्ला ट्राफिक कार्यलय मकवानपुरका प्रमुख हरि विष्णु ढकालले बताए । मादक पदार्थ सेवन गरेर गाडी चलाउनु र क्षमताभन्दा बढी यात्रु बोक्दा पनि दुर्घटनाको संख्या बढेको उनले बताए । तराइका जिल्लाहरुमा बढ्दै गएको सवारी चापलाई पनि सवारी दुर्घटनाको कारण देखिन्छ । पहाडी जिल्लामा साँघुरा तथा असुरक्षित सडक र तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिले सवारी दुर्घटना बढ्दै गएको हो ।
त्यसै गरि हालसम्मका दुर्घटना चालकको लापरबाही मुख्य कारण देखिन्छ । ट्राफिक प्रहरीले दुर्घटना न्यनिकारणकै लागि भनेर विभिन्न सचेतनामुलक कार्यक्तम गर्दै आएको उनले बताए । अरु कारकलाई बिर्सने हो भने पनि चालक सचेत भए मात्रै पनि दुर्घटना न्युनिकरणमा सघाउ पुग्छ । स्थानिय सरकार आइसकेपछि धमाधम सर्भे बिनाको शाखा सडकहरु निर्माण गर्ने क्रम बढेपछि पहाडी जिल्लामा दुर्घटना र मृत्यु हुनेको संख्या बढेको उनले बताए ।
ट्राफिक प्रहरीको मात्रै प्रयासले सवारी दुर्घटना न्युनिकरण हुन सम्भव नभएको प्रहरीहरु बताउँछन् । उनले भने अधिकांश दुर्घटनामा सवारी चालकको लापरबाही देखिने भएकाले चालक संवेदनशील हुनु जरुरी छ । चालक र पैदलयात्री दुवैले आफनो र अरुको ज्यानको सुरक्षामा गम्भिर हुने हो भने सवारी दुर्घटना न्युन हुने गरेको उनको भनाई छ ।
त्यस्तै हेटौंडामा पार्किङ्को व्यवस्था छैन । सडक खण्ड साँघुरो र पार्किङको व्यवस्था नभएकाले हेटौंडा बजारमा दैनिक रुपमा दुर्घटना बढ्दै गएको पाइएको छ । चालकहरुले ट्राफिक नियम पालना नगरि जथाभावि सवारी साधन चलाउने भएकाले पनि दुर्घटना बढ्दो क्रममा रहेका
सवारी चापको कारणले जाम परेर समयमा नै भनेको ठाउँसम्म पुग्न सकिदैन । बाहिरबाट हेटौंडाका मानिसहरुलाई पनि हेटौडा बजार कस्तो अस्तव्यस्त भएको महसुस गर्न थालेका छन् ।
सडक किन फराकिलो नबनाएको होला ? पार्किङ व्यवस्था किन नगरेको होला भनेर धेरैले प्रश्न गरेका छन् । विगत लामो समयदेखि सडक मार्ग ठुलो बनाउने भनेर निर्णय गरेका थिए । सरकारको काम भने अपुरो रहेको छ । कुनै ठाउँ भत्काएको छ भने कुनै ठाउँमा काम आधि गरेर राखेको पाइएको देखिन्छ ।
साँघुरो सडक, सवारी चाप र पार्किङ्को उचित व्यवस्थापन गर्न नसकिएकाले ट्राफिक समस्या ंदेखिएको ट्राफिक प्रहरी ढकालले बताए । चालक तथा आम नागरिकले ट्राफिक नियमको पालना नगर्नु सरोकार निकायहरुले ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याएका छैनन् । हेटौंडामा बाइपस रोड छैन । सरकारले ट्राफिकलाई साधन स्रोत सम्पन्न बनाउन नसक्नुका कारणले ट्राफिकको समस्या भएको उनले भने ।
निर्वाध ढंगले अटो मयुरीहरु हेटौडा बजारमा भित्रनु यो नै ठुलो समस्या रहेको एक ट्राफिक प्रहरीले बताए । यस्ता समस्यालाई ब्यबस्थापन गर्न र तत्कालीन समस्या समाधान गर्न पार्किङ् स्थलको खोजी गर्नुपर्ने र साँघुरो सडकलाई वान वे गर्नु पर्ने देखिन्छ ।
फराकिलो सडकमा एक साईड पार्किङ् गर्न दिनुपर्ने, सिसि टि.भी क्यामेराको जडान गर्नुपर्ने, पुराना पार्किङ् स्थान बाहिर सार्ने र आवश्यक अनुसार सचेतनामुलक बोर्डहरु राख्नुपर्ने ट्राफिक प्रमुख ढकालले भने । प्रदेशको राजधानी हेटौडा भइसकेपछि छिटोभन्दा छिटो सडक बिस्तार गर्नु पर्ने सवारी चालकहरुको धारणा छ ।
अटोका चालक सुन्दर बस्नेतले भने सडक फराकिलो नपार्ने अटो र मयुरीले गर्दा ट्राफिक जाम भएको ट्राफिकहरु भन्न थाल्छ, यस्तो आरोप लगाउनेहरुले सडक फराकिलो बनाउनु प¥यो अनि जाम हुदैन । दिर्घकालीन समस्या समाधान गर्न सडक बिस्तार गर्नु बाहेक अर्को विकल्प नभएको ट्राफिक प्रमुख ढकालले भने, सडक फराकिलो नपारेसम्म हेटौडा बजारमा समस्या भइरहन्छ । प्रदेशको राजधानी हेटौंडा ट्राफिक लाईटहरु राख्नु पर्छ । स्थानीय सरकारको आकासे पुलहरु पनि बनाउने सोच पनि हुनु पर्छ ।