मकवानपुरका उद्योगहरु संचालनमा
गुगलपाटी संवाददाताहेटौंडा÷ हेटौडा औधोगिक क्षेत्रका अधिकांश उधोगहरु संचालनमा आएका छन् । सरकारले लकडाउनको अवस्थामा ४२ किसिमका उद्योगहरु संचालन गर्न पाउने व्यवस्था गरेपछि उद्योगहरु पुनः संचालनमा आएको हो । हेटौडा औधोगिक क्षेत्र भित्र रहेका १ सय ११ वटा उद्योगमध्ये बुधवारसम्म सय भन्दाबढी उद्योग पुन ः संचालनमा आएको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखेरलले बताए ।
हेटौंडाका १०÷११ वटा उद्योगहरु कच्चा पदार्थको अभावले गर्दा संचालनमा आउन नसकेको उनले भने । संचालनमा नआएका उद्योगहरु एक,दुई दिन भित्रमा पुन ः संचालनमा ल्याउन तयारी गरिरहेका छन् । पुनः संचालनमा आएका अधिकांश उद्योगले आंंिशकमात्र उत्पादन गरेका छन् । ‘मजदुर र कच्चा पदार्थको अभावले गर्दा उद्योगहरु पुर्ण क्षमताका साथ संचालन हुन सकेका छैनन । हेटौडा औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रवन्धक राजेन्द्र कडेंलले भने, ‘उत्पादित भएका वस्तुहरु पनि बजारमा जान सकेका छैनन ।’विस्कुट, खाद्य, दाना र डेरी उद्योगहरुले राम्रोसंग उत्पादन सुरु गरेका छन् ।
अरु उद्योगहरुले क्षमताको करिब ४० प्रतिशतमात्र उत्पादन गरेको संघका अध्यक्ष पोखरेलले भने । स्थानीय क्षेत्रमा रहेका मजदुरहरुवाट नै उद्योगहरु संचालन भईरहेका छन् । बाहिरी जिल्लामा रहेका मजदुरहरुलाई कोरानाका कारणले उद्योगहरुले भित्र्याएका छैनन् । ओधैगिक क्षेत्र भित्र रहेका केही उद्योगहरुले ५,७ जना कामदारवाटमात्र पनि उद्योग संचालन गरिरहेका छन् । लकडाउनका कारणले उद्योग वन्द भएपछि बाहिरी जिल्लाका घर फर्के । अहिले उनीहरुलाई उद्योग संचालन गर्न उद्योगीहरुले डाकेका छैनन् । बाहिरी जिल्लाका कामदार र कर्मचारीहरुलाई उद्योगमा काम गराउन अनिवार्य रुपमा पिसिआर गर्न पर्ने व्यवस्था गरेको छ । पिसिआर नगरेकाहरुलाई उद्योग भित्र प्रवेश गर्न नदिने व्यवस्था गरेका छौ संघका अध्यक्ष पोखरेलले भने । कंैयौ उद्योगहरुको कच्चा पदार्थ भारतलगायत तेस्रो मुलुकबाट आयात गर्न पर्ने भएकाले पनि केही उद्योगहरुमा कच्चा पदार्थको अभाव रहेको छ । विगतमा उत्पादित वस्तु वजारमा नै पठाउन नपाएकाले उत्पादित वस्तुहरुको भण्डारणको पनि समष्या छ ।