आज वर्षातको सम्भावना

गुगलपाटी संवाददाता
२२ असार २०७७ ०७:२६

आज (सोमबार) पनि विहानैबाट मकवानपुरको विभिन्न भागमा पानी परिरहेको छ । मनसुनी वायुको प्रभावसँगै अहिले देशका विभिन्न पाँच वटा प्रदेशमा वर्षा भइरहेको जनाइएको छ ।

मनसुनी वायुसँगै भारत उत्तरप्रदेशको उत्तर पूर्वी भू(भाग नजिक रहेको निम्न चापीय क्षेत्रका कारण अहिले प्रदेश नम्बर १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार मुलुकका विभिन्न भू(भागमा सामान्यदेखि पूर्ण बदली रही आज सबैजसो भू(भागमा वर्षा भए पनि दिउँसो प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

यसैबिच, निरन्तर वर्षाको कारण जोखिम रहेको तथा विभिन्न क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्नेतर्फ महाशाखाले सचेत रहन आग्रह गरेको छ ।