बामगती प्रदेशले हाइटेक नर्सरी निर्माण
गुगलपाटी संवाददाताबागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले काठमाण्डौ र मकवानपुरमा हाइटेक नर्सरी स्थापनालाई निरन्तरता दिइएको छ । यस नर्षरी मार्फत प्रदेशका जिल्लामा विभीन्न जातका विरुवा वितरण गर्ने तयारी गरिएको छ । नर्सरी निर्माण भएपछी वनका खाली क्षेत्रमा रुखका विरुवा रोपीने मन्त्री अरुण नेपालले वताउनुभयो ।
भू तथा जलाधार संरक्षण कार्यालय अन्तरगत वृहत बाँस नर्सरी र हरेक जिल्लामा कम्तीमा एक केन्द्रीय नर्सरी स्थापना गरी गुणस्तरीय वहुवर्षीय विरुवा उत्पादन गर्न कार्यक्रम प्रस्ताव गरिएको छ । स्थानीय तह, सहकारी तथा समुदायको सहकार्यमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा नरम काठ उद्योगका लागि काष्ठ सिजनिङ तथा ट्रिटमेन्ट प्लान्ट स्थापनाका गरिने भएको छ । जलवायू परिवर्तन न्यूनीकरण तथा अनुकुलन कार्यक्रम अन्तरगत जलपुनर्भरण रिचार्ज पोखरी, विभिन्न प्रजातीको वृक्षारोपण, वन डढेलो नियन्त्रण लगायतका कार्यक्रम आउँदो आर्थिक वर्षमा गर्ने तयारी गरिएको छ ।
समुदायको सहभागितामा वन तथा जैविक विविधताको दिगो संरक्षण गर्दै वन पैदावारको उचित सदुपयोग र व्यवस्थापन गर्न सामुदायिक वन, कबुलियती वन, संरक्षित वन, धार्मिक तथा निजी वन विकास कार्यक्रमलाई निरन्तरता दिएको उहाँले वताउनुभयो । समुदायद्वारा व्यवस्थापन भै रहेका ३ सय ४९ वटा सामुदायिक वन तथा २ सय ८० वटा कवुलियती वनको कार्ययोजना पुनरावलोकनका लागि १० करोड १२ लाख रुपैयाँ छुट्याइएको छ ।
निजी तथा राष्ट्रिय वनबाट बीसलाख घनफीट काठ उत्पादन हुने लक्ष्य लिई काठको उत्पादन वृद्धिका लागि सिल्भिकल्चरमा आधारित वन व्यवस्थापन प्रणाली अनुसारको १ सय ६२ वटा सामुदायिक वनको कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आवश्यक रकमको मन्त्रालयले गरेको छ। सिल्भिकल्चरमा आधारित वन व्यवस्थापन प्रणालीबाट ११ सय ५४ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । प्राकृतिक प्रकोप व्यवस्थापन, विकासका पूर्वाधार संरक्षण तथा भू उत्पादकत्व वृद्धिका लागि भू तथा जलाधार व्यवस्थापन कार्यक्रमका लागि एकमुष्ट ३७ करोड रुपैयाँको काम गरिने भएको मन्त्री नेपालले वताउनुभयो ।