नेकपाको पहिलो बैठकमा नागरिकता लिएर जानुपर्ने
गुगलपाटी संवाददाता काठमाडौँनेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
परिचयात्मकसमेत हुने बताइएको पहिलो केन्द्रीय कमिटी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो ।
यो बैठकमा बैठकमा ४४१ जना केन्द्रीय सदस्य सहभागी हुने छन् । केन्द्रीय सदस्यहरुलाई नागरिकता समेत लिएर उपस्थित हुन भनिएको छ । पहिलो बैठक भएकाले यसलाई परिचयात्मक पनि हुने बताइएको छ।
पहिलो केन्द्रीय कमिटी बैठकमा नेकपाले भोलिका दिनमा लिने रणनीतिबारेमा पनि छलफल हुने भएको छ ।र