बागमती प्रदेशमा एकै दिनमा ३४ जना कोरोना संक्रमित

गुगलपाटी संवाददाता
२४ असार २०७७ ०६:४२

बागमती प्रदेशमा हाल सम्म ६ सय ७१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा ३४ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

सबै भन्दा वडी काठमाण्डौमा १४ जना, ललितपुरमा १० जना, भक्तपुरमा ४, मकवानपुरमा १, चितवनमा १, सिन्धुपाल्चोकमा १, सिंधुली १, नुवाकोट १ र धादिङ जिल्लामा १ जनामा कोरोना भाइरस संक्रमण संक्रमण देखापरेको हो ।

एक सय २ सय ४३ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या १६ हजार १ सय ६८ जना नाघ्दा बागमती प्रदेशमा भने ६ सय ७१ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।