हेटौंडाका पिडित परिवारलाई ३० हजारका दरले रकम हस्तान्तरण

गुगलपाटी संवाददाता
२४ असार २०७७ ११:०१

हेटौंडाका द्वन्द पीडित परिवारका लागि आयआर्जन र औषधि उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । हेटौंडाका नौ जना द्वन्व पीडित परिवारका लागि ३० हजार रुपैयाँका दरले उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले रकम हस्तान्तरण गर्नुभयो ।

द्वन्दमा आफन्त गुमाएका परिवारलाई आयआर्जन गर्न सहज होस र औषधि उपचारमा थप सहयोग पुगोस भन्ने उदेस्यले रकम वितरण गरिएको मेयर महतले वताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले यो रकमले द्वन्द पीडित परिवारका लागि सहयोग पुगेको वताउनुभयो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत प्राप्त रकमलाई वितरण गरिएको हो ।