बुधबार माक्स नलाई हिड्ने ७५ जनालाई प्रहरीले कारवाही गरे

गुगलपाटी संवाददाता
२४ असार २०७७ १२:१३

हेटौंडाः विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सबै क्षेत्रमा असर पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि प्राय सबै क्षेत्रमा ठूलो असर पुगेको छ । कोरोना भाइरस रोकथामका तथा नियन्त्रणका लागि लामो समय लकडाउन भएपछि सवारी साधन बन्द गरेको छ । जोर विजोर नहेरी मनलाग्दी सवारी चलाउने हेटौंडाका ४१ जनालाई आज प्रहरीले कारवाही गरेका छन् । त्यस्तै कोरोनाबाट बच्न सरकारले माक्स लगाउन भनेका थिए, तर मान्छेहरुले अटेर गरि माक्स लाउदैनन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयले माक्स नलगाई हिडँने ७५ जनालाई कारवाही गरेको छ ।
माक्स नलागाई हिड्नेमा महिला २७ जना पुरुष ५१ जना गरि ७५ जना रहेको डियसपी इन्द्र रानाले बताए । प्रहरीले उनिहरुलाई माक्स लगाएर हिड्न अनुरोध गरेका छन् । माक्स लगाउने बानी गर्दा राम्रै हुन्छ उनले भने । रानाले नेपालमा रहेका आधा मानिसले पनि मास्क लगाउने गरेको तर, हटेको दावि गरेका थिए, जसको चर्को आलोचना भएको थियो ।
सवारी साधन चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भनि, सवारी चलाएको चालकहरु बताउँछन् । त्यस्तै जोरविजोर नहेरी सवारी साधन चलाउनेमा मोटरसाइकल १९, अटो मयुरी ९ र सानो गाडी १४ गरि ४१ वटा सवारी साधन नियन्त्रणमा लिएको रानाले बताए । उनिहरुलाई ट्राफिक जरिवाना लाग्ने बताएको छ ।