१६ सय विद्यार्थीलाई रेस्टको सहयोग

गुगलपाटी संवाददाता
२४ असार २०७७ १२:३३

कुमारी स्याङ्बो

मकवानपुरः मकवानपुरका १६ सय विद्यार्थीलाई रेस्ट संस्थाले शिक्षामा सहयोग गरेका छन् । विशेष गरि यस संस्थाले आर्थिक अवस्था नाजुक भएको, दिदिबहिनी धेरै भएको, आमाबुवा नभएको, पढ्न इच्छुक हुँदा हुँदै पनि पढ्र्न नपाउने विद्यार्थीहरुलाई सहयोग गर्दै आएको मकवानपुर रेस्ट संस्थाकी सचिव एलिना तामाङले बताइन् ।
गुणस्तरीय आधारभूत शिक्षा र किशोरकिशोरीहरुका लागि जीवनोपयोगी सीपमा सुधार ल्याउनका लागि सम्पूर्ण बालबालिकाले पुर्व–प्राथमिक तथा आधारभूत शिक्षा लिएको सुनिश्चित यस संस्थाले गरिएका छन् ।

शिक्षा एक आधारभूत मौलिक अधिकार हो । प्रारम्भिक अवस्था देखि सिकाइका अवसरहरू मार्फत विद्यालय शिक्षाका लागि सफलताको जग बसाल्ने देखि माध्यमिक शिक्षासम्म बालबालिकाका लागि शिक्षाको अधिकार सुनिश्चित गर्न महिला बालबालिका तथा एन्जियो कार्यलाय (रेस्ट) प्रतिबद्ध छ ।

विगत लामो समय देखि नै शिक्षाको क्षेत्रमा यस संस्थाले उल्लेखनीय प्रगति गर्दै आएका छन् । प्राथमिक विद्यालयहरूमा विद्यार्र्थीहरूको भर्ना फि तिरेर बालकालिकालाई शिक्षामा जोड दिएका छन् । शिक्षा क्षेत्रमा नेपालले निकै चुनौतीहरूको सामना गर्न बाँकी छ । शिक्षामा न्युन गुणस्तर र असमान पहुँच, भौगोलिक विकटता, लिंग, र आर्थिक–सामाजिक तथा जातीय भिन्नताहरु आदि समस्याहरू शिक्षामा व्याप्त छन् । गरिबी, सामाजिक बहिष्करण, अपांगता, बसाईसराई, बाल श्रम, सामाजिक मुल्य मान्यताहरू तथा लैंगिक भेदभाव आदिका कारण सबै बालबालिका विद्यालयमा भर्ना हुन र नियमित उपस्थित हुन सक्दैनन् ।
यस संस्थाको उद्देश्य असहाय, गरिब, दुखिलाई शिक्षामा सहयोग गर्नु हो ।

सुरक्षित र संरक्षित वातावरणमा सबै भन्दा पिछडिएका सहित देशका सम्पूर्ण बालबालिकालाई पूर्वप्राथमिक तथा आधारभूत शिक्षा सुनिश्चित गर्ने उद्देश्य यस संस्थाको रहेको तामाङ्ले बताइन् ।

औपचारिक तथा अनौपचारिक दुवै परिप्रेक्ष्यमा जीवनोपयोगी सीपहरूमा आधारित पाठ्यक्रम निर्माण गरी किशोरकिशोरीको जीवनोपयोगी सीपहरूमा सुधार ल्याउने गरेका छन् । शिक्षा व्यवस्थापन सुचना प्रणालीमार्फत अपांगता भएका सहित विद्यालय बाहिर रहेका बालबालिकाको निगरानी यस संस्थाले गर्दै आएका हुन् । बालमैत्री विद्यालयको संरचना कार्यान्वयन गर्न रेस्टले सहयोग गर्दै आएको हो ।

नेपालमा यस संस्थाको स्थापना धेरै भएता पनि मकवानपुरमा भने २०६१ सालमा मात्रै संस्थाले सहयोग गर्दै आएको उनले भने । मकवानपुरको राक्सिराङ गाउँपालिकाका कालिका माध्यमिक विद्यालयबाट सर्वप्रथम यस संस्थाको कार्यक्रम सुरुवात गरेको हो । राक्सिराङ गाउँपालिका एक गरिब विपन्न वर्गले भरिएको ठाउँ हो । त्यहाँका जनताले न मिठो खाना पाउँछ न मिठो लाउन नै पाउँछ । राम्रो शिक्षा प्राप्त गर्न पाउने वातावरण थिएन । जब रेस्ट संस्थाको सहयोग पाइयो तब गाउँका अधिकांशले शिक्षा प्राप्त गर्न सफल भएका छन् ।

हाल रेस्ट संस्थाले मकवानपुरका ६५ वटा विद्यालयमा सहयोग गरिरहेका छन् । हेटोंडा उपमहानगरपालिका भित्रका १२ वटा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति दिइरहेको तामाङ्ले बोहोरा बताइन् । त्यस्तै राक्सिराङ गाउँपालिकामा २३ वटा, मनहरी गाउँपालिकामा १० वटा, कैलाश गाउँपालिकामा १३ वटा, बकैया गाउँपालिकामा ६ वटा, भिमफेदी गाउँपालिकामा १ वटा र मकवानपुर गढी गाउँपालिकामा १ वटा विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएको रेस्ट संस्थाले जनाएको छ ।

यस संस्थालाई अमेरिका हिमालयन फाउन्डेसनले सहयोग गरेका हुन् । संस्थाले विद्यार्थीहरुलाई पोसाक, कापी, कलम, झोला, पढ्ने खर्च, विद्यार्थीलाई आवश्यक पर्ने सामाग्री सबै दिने गरेको छ ।
महिलाहरु आफनो खुट्टामा आफै उभिन सकिन्छ भन्ने उद्देश्यले यस संस्थाले १२ कक्षा सम्म पढाउने गरेका छन् । क्याम्पस पढ्दा कोठामा बस्नेहरुका लागि कोठा भाडाको पनि व्यवस्था रहेको सस्ंथाले जनाएको छ । क्याम्पस पढ्नेहरुका लागि क्याम्पसमा लाग्ने खर्च सबै संस्था आफै दिने गरेको संस्थामा कार्यरत तामाङले बताइन् ।
यस संस्थामा रहेका सबै विद्यार्थी गरिब विपन्न वर्गको रहेकोले अहिले संस्थाले खाद्यान्न वितरणको व्यवस्था गरेका छन् । खाद्यान्नमा चामल ३० केजी, साबुन ४ पिस, तेल ३ लिटर, माक्स ३ पिस रहेको छ । राहत वितरण बुधबारबाट गर्ने संस्थाले जनाएको छ ।