थाहानगरपालिकाको एकजना पुरुषमा कोरोना पुष्टि
गुगलपाटी संवाददाताहेटौंडाः मकवानपुरको थाहा नगरपालिकाका एक जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । खर्भरै विदेशबाट आएका पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । कोरोना रोकथाम गर्न बनेको थाहा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ३३ वर्षिय पुरुषमा कोरोना भाइरस देखापरेको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।
यही असार २२ गते ४ जनाको नाक तथा घाँटीको स्वाब संकलन गरि हेटौडामा किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा १ जना ३३ बर्षिय पुरुषमा संक्रमण देखिएको हो । आज बेलुका मात्र उहाँको कोभिड १९ को संक्रमण पुस्टि भएको रिपोर्ट प्राप्त भएको हो । मकवानपुर जिल्लाको थाहा नगरपालिका को वार्ड नंम्बर १० बिसिङखेलमा स्थायि घर ठेगाना भएका उहाँ काठमाण्डौमा हवाई नाकाबाट नेपाल प्रवेश गर्नुभएको थियो ।
प्रारभ्भमा यस आईसोलेसन वार्डमा नरहेको भएता पनि आजै आईसोलेसन वार्डमा निजलाई आईसोलेसन वार्डमा ल्यादै गरिएको छ र निज संगै स्वाब संकलन गरि जांच गर्न पठाउँदा बाकी ३ जनामा भने नेगेटिभ देखिएको छ। साउदि अरबमा सवारी चालकको काम गर्ने उनिहरु ५ दिन अघि थाहा नगर आईपुगेका थिए । काठमाण्डौ बसुन्धरामा रहेको पानस होटेलको होल्डिङ सेन्टरबाट एम्बुलेन्समा थाहा नगर आएका उनी आज संक्रमित पुष्टि भएका हुन । यो सहित थाहा नगरको संक्रमित संख्या ६ जना पुगेको छ ।