पछिल्लो २४ घन्टामा १०८ जनामा मात्रै कोरोना संक्रमण, १३९ डिस्चार्ज

गुगलपाटी संवाददाता
२५ असार २०७७ ११:३८

नेपालमा १०८ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता ड. जागेश्वर गौतमले सोही अवधिमा १३९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

संक्रमित हुनेमा सुनसरीका १, झापाका १, सप्तरीका २, धुनषाका २, सिरहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौंका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासी पूर्वका १, मकवानपुरका १, बागलुङका ३, सिन्धुपाल्चोकका १, तनहुँका २, म्याग्दीका २, गोरखाका २, कास्कीका ४ , लमजुङका ५ , बाँकेका २, दाङका ७, दैलेखका ३, मुगुका २, सुर्खेतका १८, बझाङका १६, अछामका ४, बाजुराका २, कञ्चनपुरका २ र कैलालीका ८ जना रहेका छन् ।

२४ घन्टामा थप १३९ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट २ लाख ७१ हजार १४५ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ४ हजार ५ सय ८८ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ४२५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ६०५ जना छ ।