बागमती प्रदेशले सिन्धुपाल्चोकमा बाढीमा परी मृत्यु हुनेलाई एक लाखको दरले सहयोग गर्ने

गुगलपाटी संवाददाता
२५ असार २०७७ १५:२०

बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँका दरले सहयोग गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  प्रति मृतक परिवार एक लाख रुपैयाँका दरले राहत रकम दिने  बताउनुभएको छ ।

सिन्धुपाल्चोकमा दबाढीले दुखद् घटना निम्त्याएको वताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘यस विपद् घडीमा प्रदेश सरकारले थोरै भनेपनि सहयोग स्वरुप मृतक परिवारलाई एक लाख रुपैयाँका दरले सहयोग गर्न लागेका छौ प्रदेशको मन्त्री परिषद्को बैठकले यसलाई निर्णय गर्नेछौं ।’ यसैगरी आजको बाढीमा विस्थापीत भएका परिवारलाई प्रदेश सरकारले घर निर्माण गर्नका लागि सहयोग गर्ने उहाँले वताउनुभयो ।

बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।