हेटौंडा नगरपालिकालाई ल्याब मेसिन सहयोग
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिकालाई दुईवटा प्रयोगशाला सञ्चालनका लागि मेसिन सहयोग जुटेको छ । चिनीया माइक्रोडष्ट कम्पनि सहयोगमा हेटौंडा उपमहानगरपालिका द्वारा सञ्चालन भएका स्वास्थ्य संस्थाका लागि प्रयोगशाला सञ्चालनका लागि ल्याब मेसिन प्राप्त भएको हो । बिरामीको थाइराइड सहित ४० प्रकारका रगतको जाँच गर्न सकिने मेसिन चिनीया माइक्रोडष्ट कम्पनिका च्याङ विन र लिन गुल्याङले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई हस्तान्तरण गर्नुभयो ।
प्राप्त भएको ल्याब मेसिन उपमहानगरपालिका द्वारा सञ्चालित स्वास्थ्यसंस्थामा राखिने मेयर महतले वताउनुभयो । स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा सहयोग प्राप्त भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । एउटै मेसिनबाट धेरै प्रकारका रगतजाच गर्न सकिने भएकाले टाढाटाढाबाट विरामीको उपचार गर्नका लागि र ल्याब जाँच गर्नका लागि हेटौंडा अस्पताल सम्म ल्याउनुपर्ने बाध्यता हट्ने छ । ल्याब सञ्चालनका लागि उपमहानगरपालिकाले जनसक्तिको व्यावस्था गर्ने मेयर महतले वताउनुभयो ।
ल्याब मेसिन उपमहानगरलाई उपलब्ध गराउनका लागि हेटौंडा ५ सिंचाइटोलका युवा रुपक महतले सहयोग गर्नु भएको थियो । चिनिया कम्पनिसंग उहाँले सहकार्य गरेर हेटौंडा सम्म ल्याब मेसिन ल्याउनुभएको हो । हेटौंडाका १९ वटै वडामा उपमहानगरपालिकाले स्वास्थ्यचौकी स्थापना गरेर बिरामीको उपचार गर्दै आएको छ । जनप्रतिनिधि आइसकेपछी हेटौंडाका १९ वडामा स्वास्थ्य संस्था खोलेर सेवा दिन थालिएको हो । स्वास्थ्यचौकीका भवन पनि निर्माणको काम भइरहेको छ । केही भने भाडाको घरमा सञ्चालनमा छन् ।