बार्षिक परीक्षाफल तथा सर्टि्फिकेट वितरण कार्यक्रम आयोजना
गुगलपाटी संवाददाता हेटौंडा,९ जेठहेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट अफ हस्पिटालिटि म्यानेजमेन्टले बिद्यार्थीहरुको पहिलो ब्याचको बार्षिक परिक्षापÞmल तथा सर्टि्फिकेट वितरण गरेको छ ।
बुधबार हेटौडामा एक कार्यक्रमको आयोजना गरि पहिलो ब्याचका १७ जना बिध्यार्थिलाई इन्टरनापा कलेज साइप्रसको सहकार्यमा सर्टि्फिकेट वितरण गरिएको हो । कार्यक्रममा ४ जना उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार समेत दिइएको थियो कार्यक्रममा बोल्दै हेटौडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरन बहादुर जोशीले हेटौडामा कुकिङ कोर्षको कक्षाहरु संचालनमा आउनु निकै खुसीको कुरो भएको बताउनुभयो । १ बर्ष अघि सम्म पनि खाना पकाउन पनि पढ्नु पर्छ ? भन्ने अभिभावक अहिले भने आफैले प्राविधिक शिक्षा तर्फ लाग्न सल्लाह दिनेगरेको उहाले बताउनुभयो ।
कार्यक्रममा एम.आई.एच.एमका निर्देशक छविलाल पाण्डेले अब आफुहरुले विद्यार्थीलाई मात्र नभई घर बस्ने गृहिणीमहिलाका लागिपनि विभिन्न कोर्षहरुको व्यवस्था गरिने बताउनुभयो । पुरण बहादुर जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एम.आई.एच.एम हेटौडाका संचालक सिसिर सुवेदी, सत्कार लुइँटेल, विवेक दाहाल, सीइओ सागर पौड्याल लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।
एम.आई.एच.एम हेटौडाले इन्टरनापा कलेज साइप्रसको सहकार्यमा त्यहाको सिलेवसमा यहाका बिध्यार्थिहरु अध्यापन गराईरहेको छ । एम.आई.एच.एमले विद्यार्थीकालागि जागिरको ग्यारेन्टीसाथ कक्षा संचालन गर्दै आइरहेका छन् । आज पास आउट भएका बिद्यार्थीको विभिन्न तारे होटलमा जागिर पक्का भैसकेको पनि एम.आई.एच.एमका संचालक शिशिर सुवेदीले जानकारी दिए ।