हेटौंडाको कर्रा खोलामा बाढी

गुगलपाटी संवाददाता
२६ असार २०७७ ०५:३७

हेटौंडा उपमहानगपालिका क्षेत्रमा रहेको कर्रा खोलामा निरन्तर वर्षासँगै पानीको बहाव बढेको छ ।

बिहिबार दिउँसो र रातिको भारी वर्षाले कर्रा खोलामा पानीको बहाव बढेको हो । पानीको बहाव बढे संगै हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ को गर्दोइ तथा शान्तिनगर क्षेत्रका स्थानिय चिन्तित बनेका छन् ।

गएको वर्ष पनि मनसुनमा कर्रा खोलाले हेटौंडा(५ को गर्दोइ तथा शान्तिनगर क्षेत्रका दर्जन भन्दा बढी घरहरु डुबाएको थियो ।

यसैगरि मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ।