विश्वमा कोरोना संक्रमित १ करोड २३ लाख ८६ हजार नाघे

गुगलपाटी संवाददाता
२६ असार २०७७ १४:५६

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार नाघेको छ । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ८ सय २५ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार २ सय ७४ पुगेको छ।

यसैगरि पछिल्लो २४ घण्टामा कारोना संक्रमणको कारण ५ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ। यो संगै विश्व्भर कोरोनो कारण मृत्यु हुनेको संख्या ५ लाख ५७ हजार ३ सय ३४ पुगेको छ । संक्रमितमध्ये ७१ लाख ८६ हजार जना उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया