हेटौंडामा एक पुरुष प्लास्टिक टिप्दै जिवनयापन गर्दै

कुमारी स्याङ्बो
२६ असार २०७७ १५:३६

 विगत लामो समयदेख सडकको प्लास्टिक टिप्दै आएको अमर मगर कमाइ नहुँदा भोकै बस्ने गरेको बताउँछन् । देशको आर्थिक अवस्था कमजोर रहेको कारण देशका अधिकांश जनता प्लास्टिक टिपेर नै जिवन निर्वाह गरिहेका छन् । पेट पाल्नका लागि जस्तो पनि कार्य गर्न मानिसलाई बाध्य बनाउँछ ।
गरिबीले पेट पाल्नका लागि न त सानो भन्छ न त ठूलो नै । पेटकै लागि स–साना बालक पनि काम गर्न हेटौंडामा प्लास्टिक टिप्दै आएको छ । बालकहरू लगायत वृद्धाहरु प्नि फोहोर प्लास्टिक टिपेर जीवनयापन गर्दै आएको बताएका छन् । सधँै बिहान ६ बजेदेखि प्लास्टिक टिप्न निस्किने गर्छ । उनिहरु हेटौंडा बजारको विभिन्न ठाउँमा पुग्छन् ।
उनिहरु हेटौंडाको बसपार्क, बुद्धचोक, सिमाचोक लगायतका ठाउँहरू पुगेर होटेल, पसलबाट निस्केको फोहोरमा प्लास्टिक टिप्ने गरेको ४६ वर्षीय मगर बताउँछन् । नेपालमा धेरै होटल,पसलहरु छ, होटल पसलहरुबाट यहाँ धेरै फोहोर निस्किन्छ, फोहोरबाट विभिन्न किसिमका प्लास्टिक, कार्टुन, जुत्ता चप्पल, सिसा लगायत सामग्री टिप्ने गरेको उनले बताए । ‘सामग्री टिपेर भन्सारमा रहेको कबाड कारखाना बिक्री गर्ने गर्छौ । बिक्रीबाट ४÷५ सयसम्म दैनिक आम्दानी हुने गरेको मगर बताउँछन् ।
उनको घर मोरङ जिल्लामा पर्दछ । उनि कामको सिलसिलामा हेटौंडा आइपुगेको बताउँछन् । एकलै कमाउने एक्लै खाने गरेको मगरको भनाई छ । लकडाउनको समयमा भोकै बसेका दिनहरु प्नि रहेको उनले बताए । मान्छेहरुको आवतजावत नभए सगैं गरिबहरु भोकै बस्नुपर्ने बाध्य परेका छन् ।
मगरले लकडाउनको समयमा सरकारले दिने खाना पनि खाने गरेको बताए । अहिले उनि दुख सुख गर्दै आएको छ । साथीहरु तिनजना भई सडकमै खाना बनाएर खाने गरेको छ । उनिहरु धेरै जस्तो बसपार्कको गाडी मुनि सडक तिर सुत्दै आएका छन् ।
उनको बुवाआमा भाई एउटा रहेको छ । परिवार सबै मोरङमै रहेको बताए । मगर पहिला ४÷५ महिना आश्रममा बसेको हो । आश्रममा राम्रो नलागेर उनि पहिला कै पेशामा लागेको बताउँछन् ।
मगरले कमाइ भएको बेला दाल भात तरकारी खाने गर्दछन् । पहिला १ हजार जति कमाई हुन्थ्यो भने अहिले ४÷५ सय कमाई हुने गरेको बताउँछन् । उनले प्लास्टिक, पानीको बोतल, अरुले खाएर फालेका फोहोरहरु टिपेर किलोको १० रुपैयामा भन्सारमा बेच्ने गरेको छ । मान्छेहरुको चहलपहल नभएकाले कमाई छैन ।
मगरको बिहान बेलुका गर्जो टार्ने आधार नै यही थियो । लकडाउनपछि पनि एकदिन उनि प्लास्टिक टिप्न बसपार्क पुगिन् । तर प्रहरीले झपारेपछि उनि बाहिर हिड्न सकेको छैन ।
बसपार्कमा फोहोर उठाएर आफनो पेट जसोतसो पालेकै थिए । एकदिन पुलिसले नराम्रो संग झपारेपछि प्लास्टिक टिप्न हिन्ने गरेको छैन । न हातमा पैसा छ न घर नत अन्न नै छ, के खाने ? तत्काल राहत नपाइ विकल्प छैन ।
हेटौंडा सडकमुक्त ठाउँ हो तर यहाँ सडक विहीन भएर हिड्नेको कमी छैन । बालक देखि वृद्ध सम्मका मानिसहरु प्लास्टिक टिपेर नै जिवन निर्वाह गरिरहेका छन् । उनिहरुको न घर छ त थर छ सबै व्यसहारा नै छन् । हेटौंडा बजारको गल्ली गल्लीमा हेर्न जाने हो भने कुनै ठाउँमा खालि छैन उनिहरुलाई सरकारले वास्ता गरेका छैनन् ।
लकडाउन भए संगै उनिहरुको कमाउने कुनै वातावरण छैन । प्रहरीले बाहिर निस्किन दिदैन, हामी त भोकै मर्छ होला भने मगरले ।