बागमती प्रदेशमा एकै दिन ३६ जना कोरोना संक्रमित

गुगलपाटी संवाददाता
२७ असार २०७७ ०५:४७

बागमती प्रदेशमा हाल सम्म ७ सय ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा ५२ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

सबै भन्दा वढी काठमाण्डौमा २८ जना, ललितपुरमा १३ जना, काभ्रेमा २, सिंधुलीमा २ जना, मकवानपुरमा १ जना, चितवनमा एक जना, भक्तपुरमा १ जना, रसुवामा १ जना, चितवनमा १, रामेछापमा १ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा २ सय ७३ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या १६ हजार ६ सय ४९ जना नाघ्दा बागमती प्रदेशमा भने ७ सय ७० जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।