मकवानपुरमा हालसम्म ३२ जनामा कोरोना संक्रमण

गुगलपाटी संवाददाता
२८ असार २०७७ ०५:२६

मकवानपुर जिल्लामा हाल सम्म ३१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बिभीन्न स्थानीय तहमा गरी ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो ।

हेटौंडा, चितवन, काठमाण्डौ लगायतका स्थानमा राखिएका प्रयोगशालामा पीसीआर परिक्षणका क्रममा संक्रमण भएको पुष्टि भएको हो । संक्रमित मध्य धेरै जना निको भइसकेका छन् ।

बागमती प्रदेशका १३ जिल्लामा भने हाल सम्म ७ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सबै भन्दा वढी काठमाण्डौ उपत्यकामा संक्रमित देखा परेका छन् । प्रदेशमा कोरोना संक्रमण देखिएका २ सय ७३ जना निको भइ डिस्चार्ज भएका छन् । हाल सम्म प्रदेशमा कोरोनाका कारण नौ जनाको मृत्यु भएको डाक्टर सेढाइले जानकारी दिनुभयो ।