इन्धनको मूल्य बढाइएकोमा नेविसंघको प्रदर्शन
गुगलपाटी संवाददातासरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको बबरमहलमा आइतबार प्रदर्शन गरेका छन् ।
बबरमहलको सडकमा झन्डा र ब्यानरसहित कालोपट्टि बाँधेर उपस्थित प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै नारा लगाएका थिए ।
उनीहरुले संकटका बेलामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै फिर्ता गर्नुपर्ने माग गर्दै सडकमा आएको बताएका छन् । प्रदर्शनमा नेविसंघका अध्यक्ष लगायत सहभागी थिए ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १र१ रुपैयाँको दरले बढाएको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ कायम भएको छ ।