५ किलो अफिम सहित पक्राउ
गुगलपाटी संवाददाताजिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा नारायणगढ सडकखण्डको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा गत असार १७ गते ५ किलो अफिम सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
१७ गते विहान करिब ४ बजे मनहरीबाट हेटौंडातर्फ आइरहेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकल चढी आएका दुईजनाले प्रहरी देख्नेवितिकै मोटरसाइकल रोकेर आफुले बोकी ल्याएको झोला फयाँकी जंगलतर्फ भागेर फरार भएका थिए ।
उनीहरुले बोकी ल्याएको झोला चेकजाँच गर्दा पाँचवटा पोकामा १÷१ किलो गरि ५ किलो अफिम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुसिल सिंह राठौरले बताए ।
आइतबार पत्रकार सम्मेलन गरि राठौरले मोटरसाइकल धनी र मोटरसाइकलमा सवारको खोजतलास भइरहेको बताए । उनीहरुलाई लागुऔषध निउन्त्रण ऐन ३३ बमोजिम १५ वर्ष देखि जन्मकैद र पाँच लाख देखि २५ लाख सम्म जरिवाना र सवारी साधन समेत जफत हुने कानुनी प्रावधान रहेको छ ।