विप्लवका कार्यकर्ता दुईजना पक्राउ
गुगलपाटी संवाददाताहेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित नेकपा बिप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका वडा नम्बर ४ छतिवन बस्ने नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) को मकवानपुर जिल्ला सचिवालय सदस्य प्रल्हाद गौतमलाई पक्राउ गरेको छ । त्यस्तै असार २४ गते ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउ“पालिकापा–३, हाँडीखोला बस्ने नेपाल कम्युनिष्ट पार्टी ९विप्लव समुह० को जिल्ला सदस्य तथा युवा संगठन नेपालको मकवानपुर जिल्ला अध्यक्ष सोनाम लामा भन्ने सोनम सिंह बललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।