हेटौंडामा परीक्षण गरिएको १० जनाको पीसीआर रिपोर्ट पोजेटिभ
गुगलपाटी संवाददाताकिटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १० जनामा कोरोना भारइस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार, हेटौंडा–१० मा रहेको उक्त प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ९ जना र मकवानपुरका एक जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार, नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित व्यक्ति थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ९४५ जना पुगेको छ ।
कूल कोरोना संक्रलमितमध्ये हालसम्म १० हजार २९४ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् भने हालसम्म ३८ जनाको दुःखद् निधन भएको छ ।