काठमाडौंमा चल्न थाले सार्वजनिक बस, भिडभाड कम

गुगलपाटी संवाददाता
२९ असार २०७७ १४:५७

काठमाडौंमा आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनपछि गत बुधबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरे पनि व्यवसायीहरूले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन गरेका थिएनन् । आजबाट भने संयुक्त यातायात र मयुर यातायातले सेवा सञ्चालन गरेका छन् । बसमा सरकारले तोकेअनुसारका यात्रु राखेर नै बस सेवा सञ्चालन गरेको देखिन्छ ।