मकवानपुरगढीको कामः ठाउँठाउँमा पुल, पक्की सडक, खानेपानीसंगै कृषि क्षेत्रमा महत्वपूर्ण काम

गुगलपाटी संवाददाता
२९ असार २०७७ १५:२१

मकवानपुर गढी गाउँपालिकाले चालु आर्थिक वर्षमा प्रत्यक वडामा सडक निर्माण, खानेपानी, ढल निर्माण, पुल निर्माण लगायतका काम गरेको छ । गाउपालिकाले ५ वष आवधिक योजना निर्माण गरि गाउँपालिकाको नारा “मकवानपुरगढी गाउपालिकाको समृद्धीको आधारस शिक्षा, कृषि, पर्यटन र पुर्वाधार” भन्ने निर्णय गरि त्यसलाइ लागू गर्ने तर्फ अग्रसर भइरहेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले वताउनुभयो । गाउँपालिकाले गाउँपालिकाको केन्द्र सम्म आउने तथा गाउपालिकाको केन्द्रबाट वडा केन्द्र सम्म जाने सडकहरु स्ल्याव ढलान निर्माण गर्ने कार्यक्रम संचालन गरि रहेको छ । गाउँपालिका केन्द्रबाट वडा केन्द्र सम्मको सडक मार्ग १२ महिनै संचालन गर्न गाउँपालिकाले योजना बनाई अगाडि बढिरहेको उहाँले वताउनुभयो ।

गाउँपालिका स्थापना भएपछि गाउँपालिकामा पक्की पुलको निर्माण कार्यलाई आवश्यकता अनुसार तिव्रता दिइएको छ । गढी ५ को ज्यामिरे खोलाको पुल निर्माणको काम पुरा भएको छ । गढीको वडा ३ र ५ जोडने पक्की पुल, वडा ३ र ६ जोडने वेलीव्रजि, वडा ४ र ५ जोडने फलामे पुल आगामी आर्थिक वर्षमा पुरा हुने अध्यक्ष हुमागाईले वताउनुभयो । आगामी आर्थिक वर्षमा लाँमिडाडा पक्की पुल, भालुखोला पक्की पुल तथा ज्यामिरे खोला पुलको काम शुरु गरिने छ । यस गाउँपालिकामा जोडिएका साविकको मकवानपुरगढी गा।वि।स। हालको गाउँपालिकाको वडा नं। १ देखि ४ सम्मको वडामा रहेको खानेपानी समस्या हल गर्नको लागी ५ वटा खानेपानी योजना संचालन गरी आगामी आ।व। भित्र सवै घरधुरीमा “एक घर एक धारा” को अवधारणा अनुसार स्वच्छ खानेपानी वितरण गर्ने कार्यक्रम सम्पन्न हुने उहाँले वताउनुभयो ।

यस गाउँपालिका पर्यटन विकासको प्रचुर संभावना बोकेको गाउपालिका भएको हुनाले त्यस तर्फ मकवानपुरगढी दरवारमा आवश्यक भौतिक निमाण गरिएको छ । त्यसैगरी मनकामना मन्दीर तथा ऋषेश्वर गुपको भौतिक सुधार यसै आ।व।मा गरि सकिनेछ । आधारभुत स्वास्थ्य सेवा जनताको नैसर्गित अधिकार भएको हुँदा यस गाउँपालिकाले सबै वडामा आधारभूत स्वास्थ्य सेवाको लागी स्वास्थ्य इकाईहरु स्थापना गरी संचालनमा ल्याइएको अध्यक्ष हुमागाईले वताउनुभयो ।

१५ शैयाको अस्पताल निमार्ण कार्यको लागी यसै आ।व।बाट भवन निर्माण कार्य शुरु गरिएको छ । शिक्षा नै विकासको प्रमुख आधार भएको हुँदा बालबालिकाहरुलाई शिक्षामा पँहुच बढाउन तथा विद्यालयमा विद्यार्थीहरु टिकाइ राख्नको लागी शिशु कक्षा देखि ५ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरीएको छ । गाउँपालिका भित्र वंशगोपाल मा।वि।लाइ प्राविधिक विद्यालय स्थापना पठनपाठन शुरु गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बनाउनको लागी विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन शुरु गरिएको छ । गाउँपालिकाबाट नमूना विद्यालय छनौट गरी प्रोत्साहन गर्ने व्यवस्था गरीएको छ । आधारभूत तहको परीक्षामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहन गर्ने व्यवस्थाको शुरुवात गरिएको उहाँले वताउनुभयो ।

गाउँपालिकाको आर्थिक आर्जनको प्रमुख श्रोत कृषि र पशुपालन भएको हुनाले त्यसलाई प्रवद्र्धनको लागी कृषकहरुलाई अनुदानको व्यवस्था गरीएको छ । प्रदेश सरकार, गाउँपालिका र स्थानीय दूग्ध उत्पादन सहकारी संस्थाको साझेदारीमा पशु दाना उद्योग स्थापना गरीएको छ । त्यसैगरी वडा नं। ८ मा तरकारी पकेट क्षेत्र तथा वडा २ र ७ मा कागती पकेट क्षेत्र बनाइ कार्य अगाडी वढाइएको छ । यस गाउँपालिकाको वडा न। ३, ५ र ६ मा पशुपालन तथा कृषिमा आत्मानिर्भर रहेका कृषकहरुलाई थप टेवा पुग्ने गरी कृषि तथा पशू अनुदान प्रदान गरिएको छ । पशूपालन कृषकहरुको लागी दूग्ध उत्पादन सहकारी मार्फत प्रति लिटर ५० पैसा अनुदान दिने व्यवस्था गरिएको छ ।

लक्षीत वर्गहरुको आर्थिक उन्नती गर्नको लागी गाउपालिका स्तरीय समन्वय समितिहरु गठन गरी उनीहरुहरुको निर्णय र माग अनुसार कार्य अगाडी बढाइएको छ । गरिव तथा विपन्न परिवारको छनौट गरि अनुदान तथा आयमुलक तालिमहरु प्रदान गरिएको छ । गाउँपालिका स्थापना भएको छोटो समयमा गाउँपालिकामा स्थापना गरिएको स्वास्थ्य इकाइहरु मध्ये डुम्रेकुना स्वास्थ्य इकाइ मात्र भाडामा रहेको अन्य इकाइहरु आफ्नो भवन बनाई संचालन गर्न सकिएको छ भने वडा कार्यालयमध्य पनि यस आ।व। मा २ वटा आफ्नो भवन बनाउने लक्ष्य रहेको छ । यसै गाउँपालिकाले आफ्नो आम्दानिका श्रोतहरु बढाउनको अध्यनन गरी करका दायराहरु वृद्धि गरेको छ ।