बागमती प्रदेशको कोरोना रोकथाम कोषमा सुर्य नेपालको सहयोग

गुगलपाटी संवाददाता
१ श्रावण २०७७ ०२:१६

बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रा.लिले १ करोड रुपैयाँ सहयोग गरेको छ ।                                                            बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बुधवार सूर्य नेपाल प्रा.लिका उपाध्यक्ष रवि केसीले सो रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
सरकारको अभियानमा सुर्य नेपालको हातेमालोको प्रशंशा गर्नुहुदै मुख्यमन्त्री पौडेलले कोषमा रकम प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगमा कोरोना विरुद्धको अभियान सफल हुने बताउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख सचीव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया को सहभागीता रहेको थियो ।