मन्त्रीहरुले मुख्यमन्त्री पौडेल सामु जनाए लिखित प्रतिबद्धता

गुगलपाटी संवाददाता
१ श्रावण २०७७ ०९:१५

बागमती प्रदेश राजधानी हेटौंडामा आज एक विशेष कार्यक्रमका बीच मुख्यमन्त्री डोरमणी पौडेलसामु मातहतका सबै मन्त्रीहरुले कार्यसम्पादन प्रतिबद्धता (करानामा) गरेका छन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷७८ को कार्य सम्पादनका लागि मुख्य मन्त्रि सामु मन्त्रिहरुको लिखित प्रतिबद्धता गराएको हो ।
आर्थिक बर्ष २०७७÷०७८ मा प्रदेशको नीति तथा कार्यक्रम र योजना पूरागर्न मातहतका मन्त्रीहरुलाई नैतिक दबाब रहने विश्वासका साथ अभियानका रुपमा करार नामा गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले वताउनु भयो ।
मुख्यमन्त्रीले मन्त्रीहरुलाई र मन्त्रीहरुले आफ्ना मन्त्रालयका सचिव, महाशाखा प्रमुखलाई कार्यसम्पादनका लागि करारनामा गराउने बताईएको छ । करारनामा गराउनुको उद्देश्य कार्यतालिका बमोजिम आफ्ना जिम्मेवारीमा रहेका काम जिम्मेवारी पुर्वक सम्पन्न गराउने रहेको बागमती प्रदेश सरकारले जनाएको छ ।