पहिलो पटक मन्त्रि र सचिव बीच कार्यसम्पादन करारनामा
गुगलपाटी संवाददाताबागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलाल र मन्त्रालयका सचिव दीपक काफ्लेका बीच कार्यसम्पादन करारनामा(प्रतिबद्धता)सम्पन्न भएको छ । मन्त्रालयमा आज एक कार्यक्रमका बीच आर्थिक बर्ष २०७७÷०७८ मा मन्त्रालयबाट गरिने सेवा प्रवाहलाई चुस्त र समयसीमा भित्रै सम्पन्न गर्न उत्प्रेरित गराउने उद्देश्यले प्रदेशसरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउन मन्त्रालय मातहतका कार्ययोजनाहरु समयमै सम्पन्न गर्नकरारनामा गराईएको बताईएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले मन्त्रालयको काम सामूहिक प्रयत्न र प्रतिद्धताले मात्रै सम्पन्न हुने भएकोले कर्मचारीहरुलाई काम गर्ने सन्दर्भमा कुनै अप्ठ्यारो परेमा सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् । कार्यक्रममा मन्त्री दुलालको उपस्थितिमा सचिव काफ्लेले पनि मन्त्रालयका सवै महाशाखा प्रमुखलाई पनि करारनामा (प्रतिबद्धता) पत्रमा हस्ताक्षर गराएका थिए । आजै मात्र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश मन्त्रीहरु वीच कार्य सम्पादन करारनामा भएको थियो ।