सिन्धुपाल्चोक समाज दक्षिणकोरियाको संयोजनमा बाढीपीडितलाई सहयोग
गुगलपाटी संवाददाताआपसी सहयोग सद्भाब सिन्धुपाल्चोक बासी मिलनको आधार नाराको साथमा २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिणकोरिया स्थापनाकालदेखि नै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । सोमबार बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका जम्बु स्थित बाढी पीडितहरूलाई सहयोग गरेका छन् ।
कोरियाको संयोजकत्वमा कोरियामा रहेका नेपाली समुदायको संघ, संस्थाहरु मिलेर राहत संकलन समिती गठन गरि राहत संकलन गरेका थिए ।
दक्षिण कोरिया तथा विश्वभर रहेका समाजसेवीहरुले सिन्धुपाल्चोकको बाह्रविसे बाढीपीडितलाई आर्थिक सहयोगका लागि रकम जम्मा गरेको हो । जम्मा गरेको आर्थिक रकमको पहिलो किस्ता जम्बुमा लगभग रु, १ लाख २० हजार बराबरको १४ घरपरिवारलाई लत्ताकपडा र ७ परिवारलाई काजकिरिया गर्नको निमित्त १ एक घरपरिवार रु, ७ हजार ५ सयका दरले वितरण गरेका हुन् । एकजना अग्निपीडित परिवारलाई थप दुई हजार नगद वितरण गरेका छ ।
पीडितलाई केही राहत पुगोस भन्ने उद्देश्यले राहत वितरण गरेको सहयोगीदाता तथा सिन्धुपाल्चोक समाज दक्षिणकोरियाको उपसचिव विशाल श्रेष्ठ बताउँछन् । उक्त कार्यकालका लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको भूतपूर्व सल्लाहकार हस्त लामा र विकास योन्जन लामाले सहयोगी भूमिका निर्वाह गरेको थियो ।
यसैगरी सिन्धुपाल्चोक जिल्लामा बाढीले प्रभावित विभिन्न क्षेत्रहरुमा सक्दो सहयोग गर्ने श्रेष्ठको भनाई छ ।