बागमती प्रदेशमा कोरोना संक्रमित ८ सय ५१ पुग्यो

गुगलपाटी संवाददाता
३ श्रावण २०७७ ०३:१७

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्तिको संख्या ८५१ जना पुगेको छ । शुक्रबार प्रदेशका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ८५१ जना पुगेको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार, शुक्रवार प्रदेशको काठमाडौंका एक जना, भक्तपुरका दुई जना, नुवाकोटका दुई जना, सिन्धुलीका एक जना, मकवानपुरका एक जना र काभ्रेका एक जना गरी जम्मा ८ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा शुक्रवारसम्म संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ४१४ जना पुगेको छ भने ९ जनाको दुःखद् निधन भएको मन्त्रालयका प्रव्रक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

प्रदेशमा हालसम्म ११ हजार ३०९ वटा क्वारेन्टाइन बेर्ड व्यवस्थापन गरिएकोमा अहिले १ हजार ५६८ जना बस्दै आएको र १ हजार ६९२ जना अहिले होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।

त्यस्तै, १ हजार २९८ वटा आइसोलेशन बेर्ड तयारी अवस्थामा रहेका छन् । जसमा ४३० जना बस्दै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अहनुसार, कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा ३५ हजार ६०८ जनाको आरडीटी र २२ हजार ६१३ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको छ ।