मकवानपुरका एक पुरुषमा कोरोना पुष्टि
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पीप्लेका एक २१ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा ९ को क्वारेन्टाइनमा वस्दै आएका पुरुषमा कोरोना पुष्टि भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । आज मात्र हेटौडा उपमहानगरका दशौ कोभिड संक्रमण पुस्टि भएको उहाँले वताउनुभयो ।
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिकाले संचालन गरेको कोभिड १९ रोकथाम गर्न बनेको हेटौडा स्थित ४ कर्रामा रहेको आईसोलेसनबाट हिजो २१ जनाको नाक तथा घाँटीको स्वाब संकलन गरि हेटौडामा किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्न पठाएकोमा २१ बर्षिय पुरुषमा संक्रमण देखिएको उहाँले वताउनुभयो ।
१६ जनाको हिजो नै संक्रमण नरहेको पुस्टि भएको र उनि लगायत ५ जनाको पुन परिक्षण गरिएकोमा उनको पुस्टि भएता पनि अन्य २ जनाको पुन स्वाब संकलन गर्नु पर्ने प्रयोगशालाबाट जानकारी प्राप्त भएको छ ।