हेटौंडामा चार धामको झल्को दिने ज्योतिर्लिङ धाम
गुगलपाटी संवाददाताहेटौंडारपूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ सानान्टारस्थित चनौटा जंगलमा चार धामको झल्को दिने उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ धाम तपोवन पर्दछ । हेटौंडाबाट ११ किलोमिटर पश्चिम सानान्टार पुगेपछि दाहिनेतिर रहेको ढलान गरिएको रोडहुँदै एक किलोमिटरको दुरी पार गरेपछि भित्र जंगलमा धार्मिक पर्यटकीय स्थल उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ धाम तपोवन पुग्न सकिन्छ ।
स्थानीय तथा पूजारी हरिबहादुर अधिकारीको सपनामा भगवानले एक वर्षसम्म पटक–पटक सानान्टारको जंगलमा रहेको खोल्सामा विभिन्न भगवानको आकृति, नाग, शिला लगायतको जानकारी साथै पूजा बिधि बारेमा बताएपछि खोज्ने क्रममा उक्त धाम अर्थात तपोवन पत्ता लागेको बताउनु भयो । ततपश्चात स्थानीय र ब्राह्मणहरू मिलेर यस स्थलको नाम उमामहेश्वर निलकण्ठ ज्योर्तिलिङ धाम तपोवन राखिएको बताउनु भयो । उक्त धाममा मकवानपुर लगायत अन्य जिल्लाको भक्तजनहरुपनि गरेका छन् । साउनको सोमबार दर्शनार्थीको विशेष भीड लाग्ने गर्छ भने विभिन्न चाडपर्व तथा विशेष अवसरमा तपोवनमा भक्तजनहरुको घुइँचो लाग्छ ।