बागमती प्रदेशमा कोरोना संक्रमित ८५३ पुग्यो

गुगलपाटी संवाददाता
४ श्रावण २०७७ ०४:५६

बागमती प्रदेशमा हिजो एक दिनमा २ जना मात्र कोरोना भाइरस संक्रमित देखिएका छन् । पहिलेको तुलनामा कोरोना संक्रमितको दर निकै घटेको छ । हाल सम्म ८ सय ५३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा २ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

प्रदेशमा ४ सय ३२ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या १७ हजार ५ सय २ जना नाघ्दा बागमती प्रदेशमा भने ८ सय ५३ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।