राक्सिराङका जनताहरु हिँडेर ४ घण्टा सवारीमा दिनभर यात्रा गर्दै

गुगलपाटी संवाददाता
४ श्रावण २०७७ ०९:०७

कुमारी स्याङ्बो
राक्सिराङ गाउँपालिका २ सुनारीसौराका नरेन्द्र मृक्तान गाउँमा सडक पुगे पनि काम विशेषले हेटौंडा आउन पैदलयात्रा गर्नुहुन्छ । हिउँदमा पानी नपरेका बेलामा मात्र गाडी चल्छ, मोक्तानले भन्नुभयो । घुमाउरो बाटोमा गुडेरभन्दा सिधा छोटो बाटो हिँडेर छिटो पुगिन् ।
त्यहाँका मानिसहरु वर्खा लागेसी ट्रयाक्टर, अटो, बाइकमा यात्रा गर्ने गर्दछन् । अधिकांश मानिसहरु चाहि हिडेर नै यात्रा गर्दछन् । सडकमा पानी परेर पुरै हिलो भएकोले सवारी साधनमा भन्दा हिडेर नै छिटो पुग्ने स्थानियहरु बताउँछन् ।
सडकमा गाडी चढदा पुरै दिन लाग्ने तर हिँडेर चार घण्टामा मेनरोड पुग्ने मोक्तानले बताउँनुभयो । सर्वसाधरण चुर्लिङ खोला, हात्तिखोल्चा हुँदै भावरबाट खरङ्ग जोड्ने सडक प्रयोग गरेर आवातजावत गर्छन् । दुर्गम क्षेत्रमा पर्ने हात्तिखोल्चा र चुर्लिङले सडक सञ्जालसगं जोडिएको नौ वर्ष भए पनि स्थानियले सुविधा पाएका छैनन् । कच्ची सडक प्राधिकरणमा कमजोर, मर्मतको अभाव र पहिरोको समस्याका कारण उपयोगमा आउन नसकेको हो ।
वि.स. २०६७ सालमा चुर्लिङखोलाबाट भावर हुँदै खरङ्गको सिमानासम्म जोड्ने सडक लगभव ३८ किलोमिटर सडक निर्माण भएको थियो । सडकमा नियमित सवारी साधन गुड्न सकेको छैन । चुर्लिङ, सुनारीसौरा, भावरका बासिन्दा हेटौंडा बजार आउन जान भिरपाखा, जङ्गल र खोल्साखोल्सी भएको पैदलमार्गमा हिड्नपर्ने बाध्यता रहेको वडा नम्बर २ को अध्यक्ष सुर्य बहादुर मोक्तानले बताउँनुभयो ।
गाडी चल्ने सपना जस्तै भयो, उहाँले भन्नुभयो, ट्रयाक्टर चल्न पनि राम्रो मौसम कुर्नपर्छ । चुर्लिङ खोला हुँदै खरङग सम्म पुगेको सडक विस्तार गरेर भावर पु¥याउन पहिला करौडौको लगानी गरिसकेको स्थानिय बताउँछन् । हाल उक्त सडकमा हिउँदमा मात्र मुस्किलले ट्रयाक्टर, अटो, बाइक चल्ने भावरका सुना मोक्तानले बताउँनुभयो । सामान ढुवानी गर्न ट्याक्टर रिजर्भ गर्नुपर्छ । खरङ्गबाट चुर्लिङ रिजर्भमा ट्याकटरबाट ढुवानी गर्दा रु १०÷११ हजार भाडा लाग्ने व्यवसायी सन्तविर ल्बोनले बताउँनुभयो । बाटो नराम्रो हिलै हिलो भएकोले ट्याक्टर जान नमान्ने उहाँको भनाई छ । ब्लोनले भने, एकदिन टयाक्टरमा सामान ढुवानी गरि लादै थिए आदी बाटो नपुग्दै भारी वर्षा प¥यो, सामान माथि १५÷१६ जना मान्छेहरु चढेका थिए । लगभव १०÷१५ मिनेट सम्म सबै जना तिरपाल ओढेर नै गयौ, बाटो चिप्लेर ट्याक्टर भिरबाट खस्न थालेसी सबै जना डराएर भागभाग भएको ब्लोनले बताउँनुभयो ।
ट्याक्टर चालक सोमलाल घलानले जङ्गलको बाटो, हिलै हिलो मान्छेले धकेल्नु पर्ने, पुग्ने र फर्किने सडक जोखिमपूर्ण भएको बताउँनुभयो । एक्ले जान सकिदैन । दुई तिनओटा ट्रयाक्टर संगै लैजान्छौ उहाँले भन्नुभयो, बाटोमा फस्यो भने अर्को ट्रयाक्टरले तानेर निकाल्छौ ।
बिरामी पर्दा र अन्य कामले बजार जान आउनका लागि पैदल यात्रा गनुपर्ने बाध्यता कायमै रहेको कुडुलेका शिक्षक गोपालप्रसाद चौधरीले बताउनुभयो । सुनारीसौरा भावरमा लगभग ५ सय भन्दा बढि घरधुरीको बसोबास रहेको छ ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पुरानो सडक असफल भएकाले चुर्लिङ खोला, भावर हुँदै खरङग सडक निर्माणमा प्राथमिकता दिएको बताउनुभयो । उक्त ठाउँमा सडक खनिसकेका छन् । सडक विस्तार गर्न यो वर्ष प्रदेशबाट एक करोड र गाउँपालिकाबाट ५० लाख बजेट दिएको २ नम्बर वडा अध्यक्ष मोक्तानले बताउनुभयो ।
सडक निर्माण भदौबाट सुरु हुने मोक्तानले जानकारी दिनुभयो । ८ किलोमिटर सामान्य बाटो खोलेपछि सडक जोडिने स्थानियको भनाई छ । अन्दाजी २०६३ साल तिर उक्त ठाउँमा मोटरबाटो पुगेपछि स्थानीयको जनजीवन सहज बन्यो । सडक खुलेको केही वर्षसम्म ट्रयाक्टर र ट्रक मात्रै सञ्चालनमा आए पनि स्थानीय व्यापारीको पहलमा यात्रुवाहक सवारी चल्न सुरु गरेका थिए ।