नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

गुगलपाटी संवाददाता
४ श्रावण २०७७ ०९:२३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गतेसम्मको लागि स्थगित भएको हो । बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित भएको हो ।

नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गतेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

स्थायी कमिटी बैठक गत असार १९ गतेदेखि हालसम्म बस्न सकेको छैन । बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।