उपत्यकामा २० प्रतिशत सार्वजनिक सवारी सञ्चालनमा : ट्राफिक प्रहरी
गुगलपाटी संवाददाताउपत्यकामा सार्वजनिक सवारी सञ्चालनमा आउने क्रम बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार आइतबार कुल सार्वजनिक सवारी साधनको करिब २० प्रतिशत सवारी सञ्चालनमा आएका छन् । अघिपछि करिब १ लाख सार्वजनिक सवारी साधन काठमाडौं उपत्यकामा गुड्ने गर्थे ।
काठमाडौं कोटेश्वर(सूर्यविनायक सडकखण्डअन्तर्गत जडिबुटी(लोकन्थली सडकखण्डमा आइतबार देखिएको सवारीसाधनको जाम । तस्बिर स् हेमन्त श्रेष्ठरकान्तिपुर
ुयात्रु विस्तारै बढ्दै गएका छन्ु, उनले भने, ुसामाजिक दूरी उल्लघंन गर्ने १ हजार २ सय गाडीलाई सम्झाइबुझाई गरेर पठाएका छौं, सम्झाउँदा पनि नमान्ने ८ वटा गाडीलाई कारबाही प्रक्रिया अघि बढाएका छौं ।
उनका अनुसार ठूला, मिनी बस, ट्याम्पो, माइक्रो, ट्याक्सी सञ्चालनमा आएका छन् । थप गाडी चलाउनेबारे यातायात व्यवसायी सकारात्मक देखिएको उनले बताए ।
ुहामीले सामाजिक दूरी कायम भएको छ छैन, सिट संख्याको आधा यात्रु राखिएको छरछैन, स्वास्थ्य सावधानी अपनाएको छरछैन सबै हेरेरमात्र गाडी चल्न दिइएको छ, उनले भने ।
सार्वजनिक यातायात केन्द्रीय महासंघले सोमबारदेखि नै गाडी चलाउनेबारे यातायात व्यवस्था विभागसँग आइतबार सहमति गरेको छ । विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग भने सोमबार छलफल हुने कार्यक्रम छ ।
सरकारले कोरोना संक्रमण दर घट्दै गएको भन्दै असार २३ को मन्त्रिपरिषद् बैठकको निर्णयले काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र र उपत्यका बाहिर जिल्लाभित्र मात्रै सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको थियो । त्यसपछि उपत्यकामा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पोहरु गुड्न थालिसकेका छन् ।
।स्रोतः कान्तिपुर