हेटौंडाका पशुपालकलाई अनुदान
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिकाले पशुपालनको काममा लाग्ने कृषकलाई प्राथमिकता दिएर काम गरेको छ । किसानका निम्ती धेरै खालका अनुदानका कार्यक्रम गरेको छ । नगरका किसानका निमित्त पशुपालनको क्षेत्रमा मात्र २० किसीमका अनुदानका कार्यक्रम गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
बितेको आर्थिक वर्ष २०७६।०७७ मा पशु पालक किसानका लागि हरेक क्षेत्रमा प्राथमिकताका साथ काम गरिएको मेयर महतले वताउनुभयो । हेटौंडाका १२ हजार जना लाभाव्वीत हुनेगरी निःशुल्क पशु कृत्रिम गर्भाधान कार्यक्रम गरिएको छ । हेटौंडाका ३ हजार जनालाई पशु बिमामा ५० प्रतिशत अनुदान रकम दिएको मेयर महतले वताउनुभयो ।
पशुको अकालमा मृत्यु भएर किसानलाई समस्या पर्ने भएकाले स्थानीय सरकारले सहयोग गरिएको वताउनुभयो । त्यसैगरी आन्तरिक परजिवीबाट बच्नका लागि नाम्ले, जुका र भिटामिन वितरणको काम चार वटा पशुसेवा केन्द्र मार्फत एक हजार परिवारलाई गरिएको छ । व्यावसायीक पशुपालक किसानका लागि जनाका लागि अनुदान वितरण गरिएको छ ।
नगरका ४ सय जनालाई बर्सिम घाँस वितरण गरिएको छ । हेटौंडाका २ सय जना लाभाव्वीत हुनेगरी बाख्राखोर सुधार कार्यक्रमबाट सहयोग गरिएको छ । नगरका कृषकलाई बंगुरका पाठापाठी वितरण, एकल महिलालाई गाई वितरण, बाख्राका पाठापाठी वितरण लगायतका कार्यक्रम गरिएको छ ।